शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

२८ पुस, काठमाडौँ । संघीय संसद्अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे अर्थ समितिको बैठक सिंहदरबारमा बस्ने छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

 

यस्तै, दिउँसो सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सिंहदरबारमा बस्दै छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

 

त्यस्तै, बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक पनि सिंहदरबारमा बस्ने छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend