शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्रीलाई राप्रपाको निम्तो

प्रधानमन्त्रीलाई राप्रपाको निम्तो

२६पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय प्रजतन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डमा आयोजना गर्ने कार्यक्रममा निम्तो दिएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओलीलाई भेटेरै शनिबार अर्थात् पुस २७ गतेको चियापान कार्यक्रमका लागि निम्ता दिएका हुन्।

भेटपछि अध्यक्ष लिङ्देनले ट्वीटरमा (एक्स)मा लेखेका छन्, ‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयपछि हिजो साँझ भेटघाट भयो।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend