१७ पुष, काठमाडौँ । ने क पा एमालेबाट निष्कासनमा पर्नुभएका भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन को आयोजना गर्नु भएको छ । नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिनुभयो।
एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहनु भएको छ । आज दिउँसो १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको जानकारी प्राप्पात भएको छ ।
एमालेमा झण्डै पाँच दशक सक्रिय रहनुभएका रावललाई एमालेको गत बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend