सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज त्रिविको ५०औँ दीक्षान्त समारोह आयोजना हुँदै

आज त्रिविको ५०औँ दीक्षान्त समारोह आयोजना हुँदै

१३ पुस, काठमाडौं । आज त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५०औँ दीक्षान्त समारोह आयोजना हुँदैछ । का अनुसार यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा स्वर्ण महोत्सवका रूपमा ५०औँ दीक्षान्त समारोह आयोजना हुने समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनु भयो ।

समारोहमा १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन्। सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछ। यसवर्ष गत वर्षभन्दा दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका जानकारी दिनु भयो ।

स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदैछन्। समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदैछन्। समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिने छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend