सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

खिल्जीमा एक पुरुष र एक महिलाले गुमाए ज्यान

खिल्जीमा एक पुरुष र एक महिलाले गुमाए ज्यान

१७ मंसिर, अर्घाखाँची। अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा ६ खिल्जीमा सोमबार एक पुरुष र एक महिलाले आत्महत्या गरेर ज्यान गुमाएका छन ।  आज विहान करिब ६ बजेको समयमा स्थानीय युवा अन्दाजी ३१ बर्षिय रोशन बन्जान्डे आफ्नै घरमा तन्नाको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

 

 

सोमबार बिहान आफ्नै घरमा झुन्डिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा इलाका प्रहरी कार्यालय खिल्जी र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोली खटिएको प्रहरीले जनाएको छ ।

 

मृतक पुरुषको शव परिक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

त्यस्तै आज दिउँसो भुमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जी निवासी अन्दाजी ४०/४१ बर्षीया लक्ष्मी बस्नेत थापा पनि झुन्डिएर आत्महत्या गरेको अबस्थामा फेला परेकी थिइन । निजको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend