शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुन्छः देउवा

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुन्छः देउवा

५ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुने बताउनु भएको छ ।

नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५ औं स्थापना दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा संविधान कार्यान्वयनमा कानूनी तथा वित्तीय सुशासन सम्बन्धी छलफलमा भाग लिँदै सभापति देउवाले यस्तो बताउनु भएको हो ।

उहाँले भारत लगायतका देशहरुमा पनि सोही व्यवस्था रहेको उल्लेख गर्दै र उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्ने सहमति भइसकेको बताउनु भयो ।उहाँले प्रजातन्त्रको लागि आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले जेल जीवन बिताउनुपरेको उल्लेख गर्दै प्रजातन्त्रको विरुद्धमा संविधान संशोधन नहुने स्पष्ट गर्नु भयो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend