शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माओवादी पदाधिकारी बैठक स्थगित

माओवादी पदाधिकारी बैठक स्थगित

फाइल तस्बिर

३ मंसिर काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको छ ।
अध्यक्ष प्रचण्ड पूर्वसभामुख दमननाथ ढुंगानाको श्रद्धाञ्जली लगायतका कार्यक्रममा व्यस्त रहने भएकाले बैठक स्थगित गरिएको उपाध्यक्ष एवम् पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनु भयो ।

बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधन, पालिका सम्मेलन, केन्द्रीय समितिको बैठक लगायत विषयमा छलफल गर्ने तयारी थियो । आज स्थगित भएको बैठक मंसिर ४ गते बस्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend