शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गर्दै

माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गर्दै

फाइल तस्बिर

१० कात्तिक, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज (शनिबार) काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ। माओवादी केन्द्रका अनुसार सरकारका गलत कदमको विरोध गर्न र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन आज भृकुटीमण्डपमा सभा गर्न लागिएको हो।

अहिले बिहान १०ः३० बजे चार ठाउँबाट जुलुस सुरु गरी भृकुटीमण्डमा पुगेर सभामा परिणत हुने कार्यक्रम रहेको माओवादी केन्द्रले जानकारी दिएको छ। जुलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता सहभागी हुने जनाइएको छ। कार्यक्रममा ३० हजारभन्दा बढी जनाको सहभागिता हुने दाबी माओवादी केन्द्रले गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend