सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एक सय आठ जना कर्मचारी माग (सूचनासहित)

एक सय आठ जना कर्मचारी माग (सूचनासहित)

फाइल तस्बिर ।

७ कार्तिक, काठमाडौँ । करार सेवामा काम गर्नको लागि काठमाडौँ महानगरपालिकाले एक सय आठ जना कर्मचारी मागेको छ। स्वास्थ्य तर्फका विभिन्न पदका लागि एक सय आठ जना कर्मचारी महानगरले माग गरेको हो।

आज जारी गरेको सूचना अनुसार महानगर मातहतको स्वास्थ्य विभागअन्तर्गत रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा करार सेवामा कामकाज गर्नको लागि जनशक्ति माग गरेको हो।
आठौँ तहको मेडिकल अधिकृत (डाक्टर) पदमा चारजना, पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, फिजियोथेरापी असिस्टेन्ट ३२ जना, स्टाफ नर्स पाँचजना, फार्मेसी सहायक १० जना, रोडियोग्राफर एक, तथ्यांक सहायक एक र कार्यालय सहयोगी २६ जना गरी एकसय आठ जना कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ।

लोकसेवा आयोगबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भइ नआएसम्म यस आर्थिक वर्षको असार मसान्तसम्मको लागि कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्। साथै, अनलाइनमार्फत् पनि दरखास्त दिन सकिने छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend