३ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काङ्ग्रेस र कम्युनिस्टका विरुद्ध सडक र सदन दुवै मोर्चाबाट संघर्ष गर्नुपर्ने बताउनु भएको छ ।
जनता समाजवादी पार्टी नेपाल महोत्तरीद्वारा आयोजित जनता संग जसपा नेपाल, आधारभुत संगठन निर्माण सम्बन्धी अनुगमन तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताउनु भएको हो । उहाँले काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताउनु भयो ।
कांग्रेस कम्युनिस्टले ३५ वर्ष गरेको शासनको उपलब्धी कुशासन, भ्रष्टाचार, विदेशी ॠण थोपार्नु मात्र रहेको दावी अध्यक्ष यादवले गर्नु भयो ।
जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा बसेको बिस्तारित बैठकमा पार्टीका महासचिव रामकुमार शर्मा, कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, डा। सुरेन्द्र यादव, केन्द्रीय सदस्य दिपक झा गुड्डु, मधेस प्रदेश समिति अध्यक्ष बालकिशोर यादव सहितका वक्ताहरुले पार्टीद्वारा जारी ४ महिने आधारभूत संगठन निर्माण अभियानको सन्दर्भमा जारी गतिविधिहरु बारे आ(आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend