शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपाले देशभर प्रदर्शन गर्दै

रास्वपाले देशभर प्रदर्शन गर्दै

३ कार्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार देशैभर प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा देशैभर प्रदर्शन गर्ने भएको हो ।

सहकारीको रकम हिनामिना प्रकरणमा सभापति लामिछाने हिजो पक्राउ परेका हुन । उनी अहिले कास्की प्रहरीको हिरासतमा रहेका छन् । पोखरामा बिहान ११ बजे मानव अधिकारचोकमा विरोधको कार्यक्रम हुने बताइएको छ । त्यसै गरी काठमाडौंको माइतीघरमा पनि प्रदर्शन गर्ने बुझिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend