सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

दाङ । दाङका दंगीशरण गाउँपालिका ५ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ​स्थानीय २५ वर्षीय सम्राट गिरीको मृत्यु भएको हो। शुक्रबार राति करिब १० बजेतिर तुलसीपुरबाट पश्चिम जाँदै गरेको लु प्र ०२-००१ प ०९४६ नम्बरको मोटरसाइकल रोकिएको रा १ त १४२२ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा चालक गिरी घाइते भएका थिए।

उनलाई उपचारका लागि तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। उपचारका क्रममा करिब राति ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । प्रहरीले ट्याक्टर चालक बबई गाउँपालिका ७ बस्ने २९ वर्षीय इन्द्रबहादुर डाँगीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend