फाइल तस्बिर
२९ साउन, काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ। अहिले बिहान साढे १० बजे बैठक बस्दै छ । बैठकमा सदनमा रास्वपाको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने लगायतका बिषयमा छलफल हुने जनाइएको छ ।
आजको बैठकमा दिउँसो प्रतिनिधिसभामा पेश हुने कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन सम्बन्धमा साझा धारणा बनाइने जनाइएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकसम्बन्धी छलफलसमेत हुने जनाइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend