सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

काठमाडौँको यी स्थानमा आज विद्युत् अवरुद्ध हुने

काठमाडौँको यी स्थानमा आज विद्युत् अवरुद्ध हुने

फाइल तस्बिर

२६ साउन, काठमाडौँ । आज शनिबार पाँच घण्टा काठमाडौँको थानकोट क्षेत्रमा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बलम्बु सहायक वितरणक केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत सेवा अवरूद्ध हुने भएको हो।

सतुंगलमा पोल तथा तार लत्रिएको तथा गुर्जुधारामा लगत खारेज भएको एचटी टिओडी मिटरको मिटरिङ युनिट निष्प्रभावी पार्ने कामका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले ती क्षेत्रमा बत्ती जाने प्राधिकरणले जानकारी दिएको छ। थानकोट फिडर अन्तर्गत बलम्बु विद्युत कार्यालय, गुर्जुधारा, दाउराडीपो, राधाकृष्ण टोल, हाइभिजन कोलोनी, सिर्जना चोक, खहरे बसपार्क, इन्द्रथान, श्रीकृष्ण स्कुल लगायतका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। प्राधिकरणले निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुरु हुने जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend