२५ साउन, काठमाडौं । आज कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभरि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
कोसी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend