१६ साउन, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा बाढी पसेको छ। एमाले मुख्यालय गएरातिदेखिको अविरल वर्षापछि मनोहरा नदीमा उर्लिएको बाढीका कारण डुबानमा परेको हो।
सामाजिक सञ्जालमा एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयमा फेरि बाढी भन्दै एक भिडिओ पोस्ट गरेका छन्। गए रातिदेखिको अविरल वर्षाले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend