१३ साउन, काठमाडौं । नक्सालमा हिल्टन होटलको शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा शुक्रबार देखि सञ्चालनमा आएको हिल्टन होटलको उदघाटन गरेका हुन । सो अबसरमा बोल्दै उनले विदेशी पर्यटक बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
नक्सालमा निर्माण भएको हिल्टन होटलको शुभारम्भ गर्दै उनले अन्तर्राष्ट्रिय चेन होटल हिलटनले काठमाडौँमा पहिलो पटक सेवा सुरु गरेको उल्लेख गर्दै सफलताको शुभकामना समेत दिए। ‘हिल्टन होटल सञ्चालनमा आएपछि मुलुकको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नेमा विश्वस्त छु,’ उनले भने।
उक्त होटल शंकर ग्रुपले आठ अर्ब लगानीमा निर्माण गरेको हो। सात वर्षअघि निर्माण सुरु भएको हिल्टन होटलमा एक सय ७४ रुम छन्। अन्तर्राष्ट्रिय चेन होटल हिल्टन विभिन्न २४ वटा ब्राण्डमा सञ्चालित छ। हाल हिल्टनका ब्राण्ड विश्वका १२६ देशमा फैलिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend