शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन

कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन

११ साउन, काठमाडौं । कीर्तिपुर नगरपालिकाका नगर प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । उनको बिहीबार राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

दिवंगत नकर्मी मिर्गौला रोगबाट पीडित थिए । दुवै मिर्गौला फेल भएपछि उनी केही समययता डायलासिस गराउँदै आइरहेकोमा स्वास्थ्यमा जटिलता आएपछि अस्पताल भर्ना भएका थिए ।

नकर्मीको आजै अन्तिम दाहसंस्कार गर्ने तयारी छ । नकर्मीका एक छोरा, एक छोरी र श्रीमती छन् । यसैबीच, कीर्तिपुर नगरपालिकाले मेयर नकर्मीको निधनमा आज शोक बिदा दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend