२६असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच बुधबार साँझ भेटवार्ता भएको छ । उनीहरुबीच करीब दुई घण्टा छलफल भएको बताइएको छ । एमालेका एक नेताका अनुसार नयाँ सरकार गठनको विषयमा छलफल भएको हो ।
छलफलमा कांग्रेसका रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी भएका थिए । भेटवार्ता देउवा निवास बुढानिलकण्ठमा भएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend