१७ असार, काठमाडौं । राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधामा वञ्चित नगर्ने गृहमन्त्री रवि लामिछानेले बताएका छन् । प्रतिनिधि सभा बैठकमा सोमबार सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरुमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय पत्र बनाउनका लागि समय दिइएको स्पस्ट पारे ।भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने उनले स्पष्ट पारे ।
सुचना पाउनासाथ सबै जना बनाउन जाने गर्दा सम्बन्धित कार्यालयमा भीडभाड बढेको भन्दै हतार गर्नुपर्ने आवश्यकता नरहेको उनको भनाई छ । उनले भीडभाड भएका स्थानमा अतिरिक्त जनशक्ति थप गरिएको पनि जानकारी दिए । गृहमन्त्री लामिछानेले अशक्त, बिरामी, ९० वर्ष माथिका वृद्धवृद्धा र बालबालिकाहरुका लागि विशेष व्यवस्था गरिने पनि बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend