७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा आज चियापान कार्यक्रम आयोजना गरिएको पार्टीले जानकारी दिएको छ । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म कार्यक्रम आयोजना गरिएको निम्तो पत्रमा उल्लेख छ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पूर्वप्रधानमन्त्रीहरु, दलका शीर्ष नेता, उद्योगी व्यवसायी सर्वसाधारण लगायत सबैलाई आमन्त्रण गरिएको पार्टीका एक नेताले जानकारी दिए। २०७९ साल असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी असार १७ मा निर्वाचन आयोगमा दर्ता गरिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend