४ असार, काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन हुनु पर्ने बताएका छन । सांसदहरुले घरभाडा समयानुकूल बनाउनुपर्नेलगायत ११ बुँदे मागसहित आन्दोलनरत कर्मचारीका मागबारे राष्ट्रियसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण गराए।
बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले कर्मचारीहरुको माग जायज रहेको उल्लेख गर्दै उनीहरुका मागमा ऐक्यबद्धता जनाए। सांसदद्वय श्रीकृष्णप्रसाद अधिकारी र नरबहादुर विस्टले कर्मचारीको माग सम्बोधन जरुरी रहेको बताए। हाल राजपत्राङ्कित कर्मचारीले आवास भत्तावापत ३ हजार ५ सय रुपैयाँ पाउँदै आएका छन्।
राजपत्रअनङ्कित र श्रेणीविहीन कर्मचारीका लागि प्रतिमहिना ३ हजार रुपैयाँ आवास भत्ता तोकिएको छ। आन्दोलनरत कर्मचारीले राखेको ११ बुँदे मागको पहिलो बुँदामा घरभाडा वृद्धि गर्नुपर्ने उल्लेख छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend