सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गुल्मीमा एक पुरुष मृत फेला

गुल्मीमा एक पुरुष मृत फेला

४ असार, गुल्मी । गुल्मीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको इश्मा गाउँपालिका १ घर भएका ६२ वर्षीय ठगबहादुर राना मुसिकोट नगरपालिका(२ टारीडाँडा स्थित खेतको पाखामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जेठ ३२ गते बिहान खेतमा जान्छु भन्दै हिँडेका राना घरमा नर्फिएपछि आफन्तले खोजतलास गरेका थिए। शवलाई गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend