फाइल तस्बिर।
१ असार, काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । शुक्रबार बिहान साढे ७ बजेतिर धादिङ र चितवनको सिमानामा एउटा कारसँग ठोक्किएर यात्रुबाहक बस त्रिशुलीमा खसेको हो ।
ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख इन्स्पेक्टर रविन्द्र श्रेष्ठका अनुसार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ईभी कारसँग ठोक्किएर बस त्रिशुलीमा खसेको हो । स्पीडमा रहेको कारलाई जोगाउन खोज्दा बस त्रिशुलीमा खसेको उनले बताए ।
दुर्घटनामा केही यात्रु घाइते भए पनि यकिन विवरण आइनसकेको उनले बताए । घाइतेको उद्धार गर्ने काम भइरहेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend