शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले गुल्मीको अध्यक्षमा पुनः बालसिंह काउछा

एमाले गुल्मीको अध्यक्षमा पुनः बालसिंह काउछा

१ असार, गुल्मी । नेकपा एमाले गुल्मीको अध्यक्षमा पुनः बालसिंह काउछा दोहोरिएका छन् । १२औं अधिवेशनबाट हिरा एसीलाई पराजित गर्दै काउछा अध्यक्षमा ३८४ मत ल्याएर निर्वाचित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा काउछा समूहकै जीवन खरेल विजयी भएका छन् । खरेल ३४८ मत ल्याएर विजयी हुँदा गणेश श्रीपालीले २१२ मत मात्र ल्याए ।

सचिवमा धर्म विश्वकर्मा विजयी भए । उनले ३७१ मत ल्याउँदा पदमप्रसाद अर्यालले १९० मत मात्र ल्याए । उपसचिवमा चक्र भुसाल २४८ मत ल्याएर विजयी हुँदा ओमबहादुर कार्कीले २१६ मत मात्र ल्याए । उपसचिव महिलामा लक्ष्मी पन्त निर्विरोध भएकी छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend