शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जसपा नेपालको महाधिवेशन आजबाट सुरु

जसपा नेपालको महाधिवेशन आजबाट सुरु

फाइल तस्बिर

२८ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले एकताको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सोमबारबाट सुरु गदै छ । राष्ट्रिय महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने बताइएको छ ।

आज दिउँसो १ बजे महाधिवेशन उद्घाटन समारोह राखिएको छ। १३ सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने सो पार्टीले जनाएको छ। महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेताको सहभागिता रहनेछ। उद्घाटन सत्रमा सबै दललाई निम्तो गरिएको छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ। अध्यक्ष बाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गरिनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend