शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

निजामती कर्मचारी अस्पतालले माग्यो विभिन्न पदका लागि कर्मचारी

निजामती कर्मचारी अस्पतालले माग्यो विभिन्न पदका लागि कर्मचारी

१८ जेठ,काठमाडौँ । निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि कर्मचारी मागेको छ । अस्पतालको पदपूर्ति समितिले आज एक सूचना जारी गर्दै विभिन्न पदका लागी कर्मचारी मागेको हो ।

लोक सेवा आयोगबाट प्राप्त सहमति बमोजिम रिक्त पदमा कर्मचारीहरूको सेवाका सर्त र सुविधा विनियमावली, २०७० को विनियम १५ क बमोजिम खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार ६ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

लिखित परीक्षा मिति लोक सेवा आयोगबाट विस्तृत परीक्षा कार्यक्रम तय भए पश्चात् प्रकाशन गरिने र अन्तर्वार्ताको कार्यक्रम र मिति लिखित परीक्षाको नतिजा प्रकाशन भए पश्चात् सूचना गरिने अस्पतालले जानकारी दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend