सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पीडित ब्यक्तिलाई लाखौं बाढेर जन्मदिन मनाउने जनप्रतिनिधि अर्घाखाँचीमा भेटिए

पीडित ब्यक्तिलाई लाखौं बाढेर जन्मदिन मनाउने जनप्रतिनिधि अर्घाखाँचीमा भेटिए

राम प्रसाद बन्जाडे,
१७, जेठ अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका १ ढाकाबाङका वडा अध्यक्ष गोपाल प्रसाद खनालले केक काटेर होइन, पीडित ब्यक्तिलाई लाखौं बाढेर जन्म दिन मनाएका छन ।

वडा अध्यक्ष भयपछि हरेक बर्षको जन्मदिनको अबसरमा उनी यसै गरेर जन्म दिन मनाउने गरेको बताए । उनले समाजलाई सकारात्मक सन्देश सिकाउन पर्ने बताए । जनप्रतिनिधिहरुले फजुल खर्च गर्न भन्दापनि सामाजिक कामहरु गरेर आ आफनो समाजलाई बिकास गर्नु पर्ने उनको भनाई छ । युवाहरुलाइ सकारात्मक कुराहरु सिकाउने तर्फ सबै जनप्रतिनिधिहरुको ध्यान जानु पर्ने उनले बताए ।

आफु वडामा गए पछि अहिले सम्म लगभग जनताको सेबामा नै खटेको कुरा उनले सुनाए । वडा अध्यक्ष खनाललेअहिले सम्म आफूले जनताको सेवामा लाख खर्च गरि सकेको समेत जानकारि दिए ।

आजको जन्मदिनको अबसर पारेर वडा अध्यक्ष खनालले आफ्नै ब्यक्तिगत लगानिमा बैसाख महिनामा आगोलागिबाट पिडित परिबार भुमिकास्थान १ निबासी टेक बहादुर थापालाइ २ वटा बच्चा जन्माउने बाख्रा उनको घर गोठ जलेर नस्ट भएको त्यसै गोठमा रहेका उनका १८ बाख्रा जलेर नस्ट भयपछि गोठमा बाख्रा नै बान्दिएको उनले बताएका छन । खनालले अरु राहात ग्यास ,चुला ,चामल , नुन ,तेल ,जुता, चप्पल, बलाङकेट, र अन्य ठाउँ बाट आएको राहात लगाएतका चिजहरु लगेर पिडितहरुलाई आफ्नो हातले हस्तान्तरण गरेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend