शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कैलाश सिरोहिया रिहा

कैलाश सिरोहिया रिहा

१६ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया आज रिहा भएका छन् । ललितपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा सिरोहियालाई बुधबार साँझ हिरासतमुक्त गरेको हो । उनलाई हाजिर जमानीमा छाडिएको हो ।

अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर उनलाई हिरासतमा राखिएको थियो । थापाथलीस्थित कान्तिपुर मिडियाको मुख्यालयबाट सिरोहियालाई जेठ ८ गते पक्राउ गरिएको थियो । त्यही रात उनलाई धनुषा लगिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend