१४ जेठ,काठमाडौं । कार्यदलको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा कार्यदलको बैठक बोलाइएको हो । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) बारे सहमति जुटाउन प्रमुख दलका नेता सम्मिलित कार्यदलको बैठक बालुवाटारमा बसेको हो।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार सहभागी छन्। त्यसैगरी एमालेबाट कानुनमन्त्री पदम गिरि र महेश बर्तौला, माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन र हितराज पाण्डे, रास्वपाबाट पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछाने, नेता स्वर्णीम् वाग्ले र सन्तोष परियार लगायतका नेता सहभागी छन्। संसदको प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरण छानबिन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने र त्यसमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने अडान राख्दै आएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend