१४ जेठ, काठमाडौं ।आज देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको छ । बिहानैदेखि केही स्थानमा वर्षा भइरहेको छ । बिहान कोसी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वाग्मती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
कोसी प्रदेशमा साधारणतया बदली रही देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ ।
कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।विभागले राति कोसी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।
बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend