शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री दाहाल र सभापति देउवा बीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र सभापति देउवा बीच भेटवार्ता

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटवार्ता भएको छ । प्रचण्ड र देउवा बीच बूढानीलकण्ठस्थित देउवा निवासमा आज बिहान भेटवार्ता भएको हो । बजेट ल्याउने दिन नजिकिँदा पनि संसद् खुल्ने स्थिति नभएपछि प्रधानमन्त्री प्रचण्ड प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवालाई भेट्न बूढानीलकण्ठस्थित उनको निवासमा पुगेका थिए ।

दुई नेताबीच ४० मिनेट भेटघाट भएको छ । सहकारी प्रकरणको छानबिनको लागि संसदीय समिति गठनको गृहकार्य, सदन खुलाउने प्रयास गर्न शीर्ष नेताको बैठक अघि प्रधानमन्त्रीले देउवासँग भेट गरेका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend