शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

२ जेठ, काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो साढे १२ बजेको लागी बोलाएको बुझिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाएको एमालेका एक नेताले जानकारी दिए । उनका अनुसार समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे बैठकमा छलफल हुनेछ ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेका थिए । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण संसद् अवरोध कायमै छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend