३० बैशाख, काठमाडौ । नेपालकै अग्रणी सौन्दर्य व्यवसाय फर्म फेसियल हाउसकी प्रबन्ध निर्देशक र काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवम् उद्यमी व्यवसायी बरिष्ट सौन्दर्यविद् सुषमा महरा बर्षकै उत्कृष्ट महिला उद्यमी सम्मान २०८१ बाट सम्मानित भएकी छिन् ।
शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहालले भव्य समारोहका बीच बरिष्ट सौन्दर्यविद् सुषमा महरालाई सम्मान गर्नु भएको हो।
को हुन महरा ?
महरा बरिष्ठ सौन्दर्यविद एवम् उद्यमी व्यवसायी हुन । नेपालकै अग्रणी सौन्दर्य व्यवसाय फर्म फेसियल हाउसकी संचालक तथा प्रबन्ध निर्देशक र काठमाडौं उद्योग वाणिज्य संघकी सचिव महरा पछील्ला केही बर्षहरुदेखी आम रुपमै चर्चाको शिखरमा रहदै आएकी छिन । त्यसो त उनले आफनै बलबुतामा फेसियल हाउसलाई बिस्तार गर्दै हालसम्ममा ७ वटा शाखा संजाल खडा गरिसकेकी छिन । जुन धेरै महिलाहरुका लागि प्रेरणादायी स्रोत बन्दै आएको पनि छ ।
खरो र हक्की स्वभावकी महरा संघर्षको एक पर्याय पनि हुन । काठमाण्डौ उद्योग वाणिज्य संघ वा नेपाल सौन्दर्य व्यवसायी संघ सम्बद्ध व्यवसायी नेतृको हैसियतले होस् वा काठमाडौं मल व्यवसायी संघ र महिला एवम् उद्यमीका व्यक्तिगत समस्यालाई उजागर गर्ने सवाल पेशागत, क्षेत्रगत र व्यक्तिगत दबिएका आवाजलाई बुलन्द पार्ने कार्यमा उनी निकै सकृय रहने गरेको पाउन सकिन्छ । राज्यलाई झक्झकाउने सवाल होस् वा आम महिला दिदी बहिनीहरुलाई झक्झकाउने कार्य, यसका निम्ती उनी सदैव अग्रपंतिमा रहदै आएकी छिन ।
फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend