फाइल तस्बिर
२५ बैशाख , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र जसपाका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । अमेरिकाबाट गएराति नेपाल फर्किएका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
प्रधामन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले उनीहरुबीच भेटवार्ता भएको जानकारी दिए। प्रधानमन्त्रीसँगको छलफल सकेर बालुवाटारबाट बाहिरिएका यादव सभामुखले बोलाएको बैठकमा सहभागी हुन् सिंहदरबारतर्फ लागेका छन्। यादव अमेरिकामै रहेको बेला उनको दल जसपा विभाजन भएको छ। १२ सांसद रहेको जसपाका ७ जनाले यादवको साथ छाडेर नयाँ दल गठन गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend