शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा गए मात्रै देशमा स्थायित्व आउँछः अध्यक्ष भट्टराई

प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा गए मात्रै देशमा स्थायित्व आउँछः अध्यक्ष भट्टराई

१० वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारका फाइल निकालेर सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको बताएका छन । नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको उनले बताए ।

आइतबार रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा उनले ठूलो त्याग र बलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरूकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको समेत बताए ।

देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरू धराशायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको र सरकारले उठाएका भ्रष्टाचारका ठूला फाइलहरूको हालसम्म कुनै टुङ्गोमा पुर्‍याउन नसकेको उनले बताए । भट्टराईले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा गए मात्रै देशमा स्थायित्व सरकार आउने र विकास हुने विश्वास व्यक्त गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend