सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लोभीहरुबाट हुदैन देशलाई फाइदा !

लोभीहरुबाट हुदैन देशलाई फाइदा !

भक्त केसी,

खबरब्रेकिंग,काठमाडौं, बैशाख ७ ।नेपालको राजनीति नै भ्रष्टाचार गर्ने थलो बनेको छ। पछिल्ला ठूला भ्रष्टाचार प्रकरणमा जोडिएका व्यक्तिको सूची हेर्दा दलका नेता कार्यकर्ता नै देखिन्छन। सोझा जनता, लम्पट कार्यकर्ता र भ्रष्ट नेता, नेपालमा म संग सर्वोत्कृष्ट डीग्री छ भन्नेले नियुक्ति लिन्छन् जागिर खान्छन् उद्योग र सरकारी संघ सस्थांन डुबाउछन। जनता झुक्याउने नेता के काम , नेपाली जनता भन्छन वाक्क भइसकेँ, चालु नेताले देश बनाउदैनन , देश साचो अर्थमा नेताले लुटी खानेको रहेछन । देश अन्धो बहिरो र खोक्रो बिबेक शुन्य नैतिकता हिन दलालहरुले चलाई रहेको कुरा पुस्टि गर्दछ।

प्रति नेपालि ८५ हजार ८०० बैदेशिक ऋण छ। ५०० भन्दा बढी जनप्रतिनिधिहरुका बिरुद्द अदालतमा मुद्दा छ। नेपालको पार्टी राजनीति बिग्रिएको कारण नै नेताहरु भ्रष्ट भएर हो, कार्यवाही हुदैन। नेताले किसानको पिडा बुज्दैनन देश लुट्ने नेताले राष्ट्र घाटामा लाने खेति गर्दै छन्। ठुल्ठूला र बूढा पिण्ड लिने बेलाका नेताका काण्डहरु धमाधम ठहर हुदै छ, पार्टीका वरिष्ठ नेता देश बिगारेर बिदेशमा बस्ने खेलो फट्को गर्दैछन। बिदेशमा नै गएर उपचार गर्ने हरुले भागेर जाने अनि गएर बस्ने ठाउँ ठिक्क परेको सुन्नमा आएको छ , आम नागरिकलाई गास , बास र कपासको चिन्ता छ। नेता विदेश मा घर किन्दै र बिदेशमा कहाँ बस्ने मिलाउदै ठिक्क छ।

पहिले भन्थ्य कालेकाले मिलेर खाउँभाले भन्थे अब आयाे गठबन्धन , आम नागरिकका जल्दाबल्दा समस्याको सम्बोधन, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि सम्बिन्धन हुदैन , संविधानको मर्म र भावनालाई आत्मसात गरी यो गठबन्धनले केहि गर्ला जस्तो छैन , एक – दुइ मन्त्रि र संसद् सदस्यको उच्च सोच भएकै कारण जनतामा लोकप्रियता छायको देखिन्छ। तर आम नगरिक, बुद्दिजिबि र प्राध्यापक लेक्चरर ले गठबन्धन सरकारप्रति युवाहरुको आश मरेको बताएका छन्।गठबन्धन टुट्ने र भत्कने कुरा को कुनै ठेगान छैन। गठबन्धन बन्ने, भत्किने र फेरि बन्ने कारण बुज्न गार्यो छैन। मतलबी, धुर्त, स्वार्थी भ्रस्टहरु ,भ्रष्ट नैतिकता नभएका , जीवन भरी मतलबी दृष्टिकोण हुनेहरु सत्ता लुलुप्त छन्।

अहंकारी आत्मकेन्द्रित स्वार्थले पक्कै पनि व्यक्तिलाई अरूसँग मिलेर काम गर्न इच्छुक हुनबाट रोक्छ। स्वार्थले एकता सम्भव छैन । लोभीहरुबाट देशलाई फाइदा हुदैन। कार्यस्थलमा, स्व-सेवा पूर्वाग्रहको उदाहरण कसैले आफ्नो सफलताको श्रेय लिने र असफलताको दोष अरूलाई दिने गर्छन । भ्रष्ट र अपराधीका हातबाट देशको नेतृत्व खोस्नुपर्ने दिन आइसकेको छ । सैद्धान्तिक विचलन, अलोकप्रिय निर्णय, विलासी र भ्रष्ट नेताले भबिस्य अन्धकार हुन्छ, शीर्ष नेता भ्रष्ट छन्।
नेपाली नागरिकले आफ्नो ऊर्जा र प्रयास खेर जान नदिनुहोस्। तपाईंको सबै स्रोतहरू एक समयमा एक शक्ति स्रोतमा केन्द्रित गर्नुहोस्।
बिरोध गरौ देश बचाऊ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend