खबरब्रेकिंग,काठमाडौं, बैशाख ६ । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा मन्त्रीहरू थप्ने निर्णय गरेको छ । एमालेले भूमिश्वर ढकाल (रुपन्देही), दिनेश पन्थी (गुल्मी), अर्जुन कुमार केसी (कपिलवस्तु) र रत्नबहादुर खत्री (बाँके)लाई सरकारमा पठाउने निर्णय गरेको छ ।
यसअघि एमालेबाट चेतनारायण आचार्य मन्त्री बनिसकेका छन् । एमालेबाट मन्त्री बन्नेकाहरुलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल जारी छ । एमालेबाट मन्त्री बन्नेहरूलाई आजै नियुक्त गर्ने तयारी भईरहेको छ । लुम्बिनीमा यसअघि चार सदस्यीय मन्त्री मण्डल गठन भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend