सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

खबरब्रेकिंग,काठमाडौं, बैशाख ६ । बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बालबालिकालाई भिटामिन ‘ए’ क्याम्पसुल खुवाउन लागेको हो।

स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले छ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जानकारी दिए।

देशभरीका करिब ३२ लाख बालबालिकाले भिटामिन ‘ए’ तथा २९ लाख बालबालिकाले जुकाको औषधि खाने अनुमान सरकारले गरेको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिकालाई खोप पनि लगाउने तयारी छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend