शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित

एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित

खबरब्रेकिंग,काठमाडौं, बैशाख ३। नेकपा एमाले हुम्ला जिल्ला कमिटीको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । उनी पार्टीको १०औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित भएका छन् । अन्य खुला सदस्य, महिला सदस्य र दलित सदस्यको मत गणना भइरहेको बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend