शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसको संसदीय दलको बैठक बस्दै

कांग्रेसको संसदीय दलको बैठक बस्दै

खबरब्रेकिंग,काठमाडौं, चैत २७। नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहान ८ बजे बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

संसदको गतिरोध, संसद्मा दर्ता भएका विधेयक, बजेट अधिवेशनलगायतमा छलफल गर्न बैठक बस्न लागेको हो । आज प्रतिनिधि सभा बैठक बस्दैछ । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न बैठकमा कांग्रेसले निरन्तर माग गरेको छ ।

कांग्रेस नेताहरूले समिति गठन नभए बैठक चल्न नदिने चेतावनी दिएका छन् । कांग्रेसले दिएको अल्टिमेटम सकिएपछि संसद अवरोधको चेतावनी दिएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend