खबरब्रेकिंग,काठमाडौं, चैत २५। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज शपथ ग्रहण गर्ने भएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले आइतबार दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम राखेको बुझिएको छ । मुख्यमन्त्री महरासँगै कम्तीमा तीन मन्त्रीलाई पनि शपथ गराउने तयारी रहेको स्रोतले बतायो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend