शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

फाइल तस्वीर

खबरब्रेकिंग,काठमाडौं, चैत २२। आज जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक समानुपातिक सांसद चयनका लागि आज बिहान ८ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्न लागेको हो । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएसँगै रिक्त स्थान पूर्तिका लागि जसपाले समानुपातिक सांसद चयन गर्न लागेको हो ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित भएकी थिइन् । उनको पनि चैत ४ गते निधन भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend