शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दै, ३ मन्त्रीले जवाफ दिने कार्यसूची

आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दै, ३ मन्त्रीले जवाफ दिने कार्यसूची

खबरब्रेकिंग,काठमाडौं, चैत २०। आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सांसदहरुले उठाएको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

आजको बैठकमा तीनजना मन्त्रीले सांसदहरुका प्रश्नको जबाफ दिने सम्भावित कार्यसूची तय भएको बताइएको छ । आज वन तथा वातावरणमन्त्री नवलकिशोर साह, पर्यटनमन्त्री हितबहादुर तामाङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

त्यसैगरी आजको संसद् बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। त्यस्तै कानुनमन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धि विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend