शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रियसभा बैठक बस्दै, सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पेस हुने

राष्ट्रियसभा बैठक बस्दै, सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पेस हुने

खबरब्रेकिंग,काठमाडौं, चैत ५। आज संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

जनता समाजवादी पार्टीबाट समानुपातिक सांसद अन्सारीको हिजो बिहान काठमाडौँको नयाँबानेश्वरस्थित नागरिक अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend