शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वामपन्थी शक्तिबीच सहकार्यलाई बलियो बनाउनका निम्ति नयाँ समिकरण बनाएका हौंः प्रधानमन्त्री प्रचण्ड

वामपन्थी शक्तिबीच सहकार्यलाई बलियो बनाउनका निम्ति नयाँ समिकरण बनाएका हौंः प्रधानमन्त्री प्रचण्ड

खबरब्रेकिंग,काठमाडौं, चैत ४। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब कामको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यलाई बलियो बनाउनका निम्ति नयाँ समिकरण बनाएको बताएका छन ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रममा सहभागी हुन पोखरा पुगेका दाहालले आइतबार विहान पार्टीका अगुवा नेता(कार्यकर्तासँगको भेटमा यस्तो बताएका हुन्। उनले नयाँ सत्ता गठबन्धन बनेपछि देशको राजनीति सही ट्रयाकमा आएको दावी गरे ।

दाहालले गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादीले नै पाउने बलियो आधार बनेको पनि बताए।‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंग्याएपछि एउटा निष्कर्षमा पुग्नेछौँ,’ दाहाल सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले माओवादीलाई सुदृढ गर्न हिमाल,पहाड तराई सबै क्षेत्रलाई समेट्ने गरी एक महिने अभियान चलाउने उल्लेख गरे। केन्द्रमा बनेको नयाँ गठबन्धनले संविधानको रक्षा र सुदृढीकरण सँगै वामपन्थी आन्दोलनको रक्षा गर्ने दाहाललको दाबी छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend