भक्त केसी,
नेपालमा राजनीति नशा अफिम जस्तो भयो, राजनीतिक दल वर्तमानमा ढलको दुर्गन्ध जस्तै भए, कार्यकर्तालाई अफिमको जस्तै नसा चढेको देखिन्छ। सामाजिक शक्तिहरूको अन्तरसंघर्षको परिणामस्वरूप नै राजनैतिक नशा हो भनेर मार्क्सले भनेका छन् भन्थे ,सामाजिक कर्तव्य, पारिवारिक कर्तव्य र राजनीतिक कर्तव्यको समायोजन नै धर्म हो ।राजनीति नेपाली नागरिकका – जनताको लागि ‘अफिम’ सिद्द भएको छ। राजनीतिका गफ स – साना चिया पसलहरू देखि पाँच तारे होटलमा दैनिक घंकिन्छ।
सवाल सत्यको हो – नशा के हो? भनिन्छ नि ! राजनीतिको नशा लागे पछि गलत कार्यमा लत लागेसी छाड्न गार्यो पर्छ। भ्रष्ट नेताका कारण देश कमजोर भएको छ।
त्यो नशा के को? बिकासको, नेताबीच प्रेम, राजनीतिभागबन्डा , जाँड रक्सी, खैनी चुरोट, सुन गाँजा अफिम योसर पसार ? आदि इत्यादिको नशा छ , उपल्लो तहमा, कुनै पनि भावना,वस्तु र कुनै चिज भन्दा , नेपलमा राजनीति अब्बल दुर्गन्ध छ। अर्को कारण राजनेता र उनका परिवारलाई कानुले छुदैन। आधुनिक तानाशाहको रुप देख्न पाइन्छ नब धनाड्य परिवारमा राजनीतिक क्यारियर सकिन्छ कि भनेर जे जस्तो नि गर्न गराउन पछि पर्दैनन्। राजनीतिक सौदाबाजीले जनताको अपेक्षा बिपरित कार्यनीति देखिन्छ । राजनीतिक शक्ति सन्तुलनलाई अफिम को नशा चडेको छ। जन युद्धपछि निर्णायक कुराको लागि नशा – नशामा दलाल पूँजीवादका लावा लस्कर देखिन्छ। राजनीतिक नशामा मस्त कार्यकर्तालाई उन्माद चढेको छ, उनीहरुको सो बिबेक भन्ने नै छैन। ठिक – बेठिक, राम्रो – नराम्रो मतलब नै छैन, कार्यकर्ता तुम सरणम देखिन्छन। राष्ट्रलाई आकार दिने समृद्ध बनाउने सदा जीवन सुखी जीवनको परम्परा र चलनहरू अन्वेषण गर्नु पर्ने हो।
नेपाल विश्वको सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश हो। पर्वतारोहण र अन्य प्रकारका साहसिक पर्यटन र पारिस्थितिक पर्यटन आगन्तुकहरूको लागि महत्त्वपूर्ण आकर्षण छ , सदुपयोग भा छैन र नेपालमा नेता र राजनीतिक पार्टी नेता र कार्यकर्ता त्यति राम्रो छैनन । नेपालीहरू प्रायः धैर्य र शान्त देखिन्छन , र सामान्यतया धेरै नाटकीय व्यक्तिहरू पनि छैनन्। अधिकाम्समा सहिष्णुताले धेरै विभिन्न आस्था र जातिहरूलाई एकताबद्ध रूपमा सहअस्तित्वमा सक्षम बनाएको छ। नेपालको धेरैजसो संस्कृति परम्परा र धर्ममा गहिरो सम्बन्ध छ।
नेपालको लोक संगीत, नृत्य, कला, साहित्य, धर्म, चाडपर्व र खानामा धनी छ। मन्दिर र गुम्बाहरू नेपाली वास्तुकलाको जग हुन् र महत्त्वपूर्ण सांस्कृतिक र ऐतिहासिक स्थानहरूमा प्रभुत्व जमाउँछन्। नेपालमा 125 जात/जाति समूहहरू छन् र तिनीहरूले आफ्नै धर्म, भाषा र संगीतको विकास गरेका छन्।
हरेक नेपालीले चिनिने एउटा वाक्यांश हो ‘पाहुना हाम्रो भगवान’। पाहुनालाई जे सुकै उपहार दिनु नैतिक कर्तव्य मानिन्छ र नेपाली जनताले गम्भीरताका साथ लिएका छन् ।
तर नेपालको राजनीतिक नेतृत्वलाई अध्ययन गर्ने बानी छैन, यस्ता विषय र घटनाबारे आफूलाई अपडेट गर्ने बानी छैन । ठूला दलहरूमा विश्वासको अभाव देखिएपछि नेपालका साना दलहरूले आफ्नो तहबाट नयाँ नेतृत्वको प्रस्ताव गरेका छन् ।नेतृत्वका पदहरू वंशानुगत होइनन् तर नेपालमा नेतृत्वको पदलाई कुरूप र गलत ढंगले प्रस्तुत गरिएको छ।अहिले नेपालको सबैभन्दा राम्रो राजनीतिक नेता को हो भनेर पत्ता लगाउन गाह्रो छ।नेपालमा राजनीतिक नेताहरु धेरै छन् । तर, हामीले धेरै मेहनत गरेर नेपाललाई योगदान पुर्याएका नेपालका चर्चित लोकप्रिय नेताहरूको सूची राख्ने गरेका पनि छैनौ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend