शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

खबरब्रेकिंग,काठमाडौं, चैत २। राष्ट्रियसभा बैठक आज बस्दैछ । संघीय संसद्‌ भवनमा बैठक बिहान ११ बजे बोलाइएको छ ।

संघीय संसद्‌ सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्री नियुक्ति र कार्यभार सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन् ।

अर्थमन्त्री वर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

साथै, आ व २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथि छलफल जारी रहने महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend