शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

खबरब्रेकिंग,काठमाडौं, चैत १। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ । शून्य र विशेष समयमा सांसदहरुलाई बोल्न दिइने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ संसदमा प्रस्तुत गर्नेछन् । सरकारले ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराएका छन् ।

यस्ता छन् कार्यसूची

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend