खबरब्रेकिंग,काठमाडौं, फागुन २९। राष्ट्रिय सभा अध्यक्षको लागि उम्मेदवार माओवादी केन्द्रका सांसद नारायण दाहाललाई भोट दिन सत्ता गठबन्धनका शीर्ष नेताहरूले निर्देशन दिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव नेपाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सांसदहरूलाई
संसद् भवन नयाँ बानेश्वरमा मंगलवार संयुक्त निर्देशन दिएका हुन् ।
अध्यक्षको निर्वाचन हुने राष्ट्रिय सभाको बैठकअघि शीर्ष नेताले सांसदहरूलाई गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन दिएका हुन् । त्यसअघि बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली र नेता नेपालबीच छलफल भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend